May 30, 2020

नेपालमा थपिए १ सय ८९ काेराेना संक्रमित, कुल संख्या १ हजार ४ सय १ पुग्यो

 

facebook sharing button काठमाडाैं, जेठ १७ः शनिबार दिउँसोसम्ममा नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या कुल १ हजार ४ सय १ पुगेको छ ।
आज थपिएको संख्या अहिलेसम्मकै उच्च भएकाे बताइएकाे हो । यस अघि बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पुष्टि भएकाे थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित गरिने पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका १ सय ८९ जनामा १ सय ८५ पुरुष र ४ महिला रहेका छन् ।

थपिएका संक्रमितहरुमा कपिलवस्तुमा १ सय ९ जना, दैलेखमा ११, दाङमा ५ जना, झापा र ललितपुरमा १/१ जना रहेका छ भने पहिलो पटक पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक