बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ। बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए। कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ।
यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन्। यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
यचयलबकोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ।
त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो। ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने