११ जना कोरोना संक्रमित थपिए

जेठ ६ ,विराटनगर : प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए । अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

‘‘स्वाब संकलन गरी तीनवटा ल्याबमा परीक्षणको दर बढाइएको छ,’’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने,‘‘परीक्षण बढेपछि संक्रमित थपिने क्रम पनि बढेको हो ।’’ सरकारले अधिक संक्रमित भेटिएका उदयपुर, झापा, मोरङ र सुनसरीमा परीक्षण दर बढाएको मुख्यमन्त्री राईले बताएका छन् । 

उदयपुर, भोजपुर, झापा, मोरङ, धनकुटा, सुनसरी र खोटाङमा कोरोना संक्रमित भेटिएका छन् । विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशाला तथा धरानको वीपी प्रतिष्ठानमा संकलन भई आउने नमुना परीक्षणको दर बढेसंगै संख्या पनि थपिन थालेको सामािजक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । घिमिरे भन्छन्,‘‘हाम्रो ध्यान परीक्षणमा केन्द्रीत भएको छ ।’’ 

मन्त्री घिमिरेले कोरोना नियन्त्रणका लागि सरकारले द्रूत गतिमा काम गरिरहेको सुनाए ।

धरानमा भएको परीक्षणका क्रममा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई पनि कोरोना लागेको पुष्टि भएको छ । इटहरीका युवालाई बीपी प्रतिष्ठानको आइसोलेशनमा राखिएको छ । सुनसरीमा ३ जना संक्रमित फेला परेका छन् । गढी गाउँपालिकाका भेटिएका युवा भने भारतबाट ११ दिन हिँडेर नेपाल प्रवेश गरेका थिए ।

परीक्षण बढ्दा संख्या थपिँदै 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोनाभाइरस (कोभिड १९) संक्रमणको पीसीआर परीक्षण दर बढाइएको छ । परीक्षणको नतिजा विराटनगरका दुई र धरानको ल्याबबाट फटाफट आउन थालेपछि संख्या बढ्न थालेको हो । मन्त्री घिमिरेले परीक्षण दरलाई अझ बढाइने र दश दिनमा दशहजार टेस्ट गर्ने सरकारको योजनाअनुरुप काम शुरु गरिएको बताएका थिए ।

प्रदेश १ को उदयपुरमा ३३, झापामा १२, मोरङ र सुनसरीमा तीन तीन, धनकुटा, भोजपुर, र खोटाङमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा उपचारपछि ठिक भएर कोशी अस्पतालबाट १८ जना डिस्चार्ज भइसकेका छन् । 

प्रदेश दैनिक कम्तिमा ६० जनासम्मको पिसिआर परीक्षण भईरहेको छ । पछिल्लो पटक देखिएका नयाँ संक्रमित अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा पुगेकाहरु छन् । सोमबार विराटनगको कोशी अस्पतालबाट झापा दमकबाट ल्याइएका एक जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो