कोरोना संक्रमण देखिएका गुल्मीका पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै

जेठ ५,काठमाडौ : कोरोना संक्रमण देखिएका गुल्मीका ४१ वर्षका पुरुषलाई रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती पुरुषलाई अस्पतालको भन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् ।

“कोरोना संक्रमण देखिनुभएका विरामीको स्वास्थ्य अवस्था गम्भीर छ । अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,”उनले भनिन्, “कुनै पनि ट्राभल हिस्ट्रि नभएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ती स्वाब गत शुक्रबार नै संकलन गरेर भैरवाह पठाइएको थियो तर आज मात्र रिर्पोट आउँदा कोरोना पोजेटिभ देखिएको छ। ”

रिर्पोट ढिलाइमा पनि समस्या देखिएको उनले गुनासो गरिन् । उनले अहिले अस्पताल सिल गरिएको जानकारी दिइन् ।

अस्पतालका एक कर्मचारीका अनुसार उनलाई साताअघि ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । उनी जेठ १ गते अस्पताल भर्ना भएका हुन् । ती पुरुष शिक्षक रहेको बताइएको छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना