स्वास्थ्य मन्त्रालयले सच्यायो नेपालमा कोरोना संक्रमितको संख्या, २४५ मात्रै भएको जानकारी

जेठ १,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैँले सार्बजनिक गरेको सूचना गल्ती भएको भन्दै पुनः सच्याएको छ । आज बिहानै २ पटक सूचना निकालेर ७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको मन्त्रालयले त्यसको ३ घण्टापछि गल्ती भएको भन्दै संक्रमितको संख्या २४५ नै भएको बताएको छ ।

मन्त्रालयले यसअघिको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या २५० भनिएकोमा प्राविधिक कारणले त्यस्तो पर्न गएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समितरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “यसअघि अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुन रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”

मन्त्रालयले अध्यावधिक विवरण सच्याएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना