नेपालमा कोरोना संक्रमित संख्या १३४ पुग्यो

health-press-meet-makalu-750x430

२९ बैशाख , काठमाडौं । नेपालमा सोमबार साँझ १३ जना कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका(७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका(७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो।
त्यसैगरी बर्दियाको राजापुर–५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन्।
यसअघि कपिलवस्तुमा सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो।
कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु थिए। अर्का एकजनाको उमेर खुलेको छैन।
त्यसैगरी सप्तरीमा पनि एकजनालाई कोरोना पुष्टि भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना