May 10, 2020

नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई आग्रह

वैशाख २८,काठमाडौं । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे ।

उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा नेपालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि प्रष्ट पारे। “सुगौली सन्धिमा हामीले जहाँ हस्ताक्षर ग¥यौँ, हामीले त्यही भूमि खोजेका हौँ, हामीले बढी खोजेका होइनौँ, कोभिड–१९ को सङ्कटका अवस्थामा भारतको यस कदमले दुःखित तुल्याएको छ”, उनले भने ।

मन्त्री ज्ञवालीले भारतले एकपक्षीयरूपमा सीमा हेरफेर गरेको विषय नेपाललाई मान्य नभएको समेत बताए । अन्तर्राष्ट्रिय सीमा एकतर्फीरूपमा जारी नहुने भन्दै उहाँले सुगौली सन्धिलाई चुनौती दिने गरी अहिले नेपाल र भारतका बीचमा कुनै सन्धिसम्झौता नभएको पनि प्रष्ट पारे ।

“नेपालको वर्तमान सीमा सुगौली सन्धिले तय गरेको हो, सन् १८१६ को सन्धिले नै भारततर्फ नेपालको सीमा निर्धारित गरेको छ”, उनले भने, “२०० वर्षको अवधिमा नेपालको सीमा प्रभावित बनाउने कुनै सन्धि भएको छैन ।” एकपक्षीय सीमा हेरफेर गर्ने कुरा नेपाललाई मान्य नहुने भन्दै उहाँले कालीनदी नेपालको पश्चिमी सीमा भएको यसअघि नै भारतलाई बताइएको बताए ।

सीमा विवाद अन्त्य गर्न नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आह्वान गरिएको भए पनि कोभिड–१९ का कारण वार्ता हुन नसकेको उनले सदनलाई जानकारी दिए । सबै राजनीतिक पार्टी सीमा अतिक्रमणका विरुद्धमा रहेको भन्दै यसले सरकारलाई बलियो आधार प्राप्त भएको बताए ।

सुस्ता र कालापानी क्षेत्रमा देखिएका सीमा विवादका विषयमा सन् २०१४ मा भएको सहमतिअनुसार परराष्ट्रसचिवस्तरीय संयन्त्रबाट टुङ्गो लगाउनुपर्ने भन्दै उनले पराष्ट्र सचिवस्तरीय बैठक आयोजना गर्न भारत तयार रहे पनि कोरोना महामारीका कारण बैठक बस्न नसकेको बताए ।

सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्ने विषयमा सरकार नपुगेको भन्दै उनले द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्याको समाधान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए । सुगौली सन्धिमा निर्दिष्ट भूमि समेटिएको नयाँ नक्सा जारी गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले नयाँ नक्सामा एक इन्च पनि तलमाथि नहुने गरी जारी गरिने बताए ।

सीमा नियमनका सन्दर्भमा सरकार लागिपरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा ‘बोर्डर आउट पोस्ट’को सङ्ख्या थपिएको बताए। कालापानी क्षेत्रमा पनि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८