May 3, 2020

सीमापारि रोकिएका भित्रिएसँगै बढ्यो कोरोनाको जोखिम

झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ। यो समाचार आजको नागरिक दैनिकमा बिरा गडाल र प्रेम चुनाराले लेखेका छन् । 

‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो।’

उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुप¥यो। उनीहरुले त्यो रात खाना खान पनि पाएनन्। चिउराकै भरमा रात कटाए। 

भारतीय प्रशासनले दिएको तथ्यांक अनुसार गाडीको व्यवस्था गरिएको थियो। तर अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ। उताबाट आएकालाई  १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिए पनि सबै बसेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर