April 22, 2020

मजबुत सेक्युरिटी सिष्टम मानिने रक्षा सचिवको इमेल ह्याक !

काठमाडौं। छिमेकी मुलुक चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय भएकै दिन रक्षा मन्त्रालयका सचिव रश्मीराज पाण्डेको इमेल अचानक ह्याक भएको छ।

रक्षा मन्त्रालयको इन्टरनेट सेक्युरिटी सिष्टम निकै मजबुत मानिने गरे पनि रक्षा सचिव पाण्डेको इमेल मंगलबार ह्याक भएको हो।

रक्षा स्रोतका अनुसार, सचिव पाण्डेले आफ्नो इमेल अचानक ह्याक भएपछि तत्काल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेललाई खबर गरेका थिए।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको छ।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको रक्षा मन्त्रालय स्रोतले बतायो।

नेपाली सेनाले सोमबारमात्र पत्रकार सम्मेलन गरी २ अर्व २६ करोडबराबरको स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय सार्वजानिक गरेको थियो।

रक्षा मन्त्रालयले सचिव पाण्डेको इमेलको संबेदनशीलता बुझेर तत्काल छानविन गर्न विशेषज्ञहरु तथा नेपाली सेनालाई समेत आग्रह गरेको बुझिएको छ। यसबारेको जिज्ञाशामा रक्षासचिव रश्मीराज पाण्डेले भने, “यसबारे अहिले म केही बोल्दिन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग