April 22, 2020

मजबुत सेक्युरिटी सिष्टम मानिने रक्षा सचिवको इमेल ह्याक !

काठमाडौं। छिमेकी मुलुक चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय भएकै दिन रक्षा मन्त्रालयका सचिव रश्मीराज पाण्डेको इमेल अचानक ह्याक भएको छ।

रक्षा मन्त्रालयको इन्टरनेट सेक्युरिटी सिष्टम निकै मजबुत मानिने गरे पनि रक्षा सचिव पाण्डेको इमेल मंगलबार ह्याक भएको हो।

रक्षा स्रोतका अनुसार, सचिव पाण्डेले आफ्नो इमेल अचानक ह्याक भएपछि तत्काल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेललाई खबर गरेका थिए।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको छ।

रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको रक्षा मन्त्रालय स्रोतले बतायो।

नेपाली सेनाले सोमबारमात्र पत्रकार सम्मेलन गरी २ अर्व २६ करोडबराबरको स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय सार्वजानिक गरेको थियो।

रक्षा मन्त्रालयले सचिव पाण्डेको इमेलको संबेदनशीलता बुझेर तत्काल छानविन गर्न विशेषज्ञहरु तथा नेपाली सेनालाई समेत आग्रह गरेको बुझिएको छ। यसबारेको जिज्ञाशामा रक्षासचिव रश्मीराज पाण्डेले भने, “यसबारे अहिले म केही बोल्दिन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन