एजेन्सी, १ चैत । बेलायतका वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको खोप विकास अन्तिम चरणमा पुगेको बताएका छन् ।
लण्डनका वैज्ञानिकले नयाँ भाइरसविरुद्धको खोप विकास कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । वैज्ञानिकका अनुसार कोभिड-१९ विरुद्धको खोप मुसामा सफलतापूर्वक परीक्षण भइसकेको छ ।
यही जुनसम्ममा मानवमा पनि कोरोनविरुद्धको खोप परीक्षण गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ ।
लण्डनस्थित इम्पेरियल कलेजका चिकित्सक रबिन श्याटकको नेतृत्वमा रहेको वैज्ञानिकको एक टोलीले कोभिड-१९ को खोप तयार गरेको हो ।
श्याटकको नेतृत्वमा रहेको टोलीले मुसामा नयाँ खोप परीक्षण गरिसकेको छ । उक्त परीक्षण सफल भएको र जुनसम्ममा मानवमा परीक्षण गरिने मेट्रो समाचारले जनाएको छ ।
हाल पेरिसका वैज्ञानिकसँग मिलेर बाँदरमा खोप परीक्षण गरिने कार्य भइरहेको र त्यसपछि खोपको प्रभावकारिताबारे थप प्रस्ट हुने समाचारमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको खोप विकासमा संलग्न वैज्ञानिकहरूले थप बजेटको पनि माग गरेका छन् । उनीहरूका अनुसार अनुसन्धान र परीक्षणका लागि पर्याप्त बजेट उपलब्ध भएमा अर्को वर्षदेखि खोप बजारमा आउने छ ।
‘सुरुमा मुसालाई खोप दिएको थिएँ र मुसामा खोपले निकै राम्रोसँग काम गरेको थियो । त्यसपछि खोप प्रभावकारी भएको निष्कर्ष निकालेको हुँ’, डेली एक्सप्रेससँग कुरा गर्दै वरिष्ठ अनुसन्धानकर्ता डा. पल म्याकेले भने ।
मेडिकल रिसर्च काउन्सिलसँग मानिसमा खोप परीक्षण गर्नका लागि पैसा मागेको पनि म्याकेले बताए । ‘मानिसमा परीक्षण गर्नका लागि पैसा उपलब्ध भयो भने हामीले जुनसम्म मानिसमा खोप परीक्षण गर्न सक्छौं’, उनले भने, ‘बेलायती वैज्ञानिकले खोप विकास गरेको अवस्थामा सरकारले सहयोग गर्दा निकै राम्रो हुन्छ ।’
यदि मानिसमा पनि खोप परीक्षण सफलतापूर्वक हुन सक्यो भने अर्को वर्षसम्ममा खोप सर्वत्र उपलब्ध हुने वैज्ञानिकहरुले प्रस्ट पारेका छन् ।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला वैज्ञानिकले गरेको सफल परीक्षणबाट केही आशा पलाएको छ । चीन, जापान र अमेरिकाका वैज्ञानिक पनि खोप विकासमा सक्रिय भएर लागि परेका छन् ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि