March 14, 2020

प्रजिअ पाण्डेको चेतावनी- कालोबजारी गर्नेलाई थुनिदिन्छु

 
 

भक्तपुर, ३० फागुन । भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भाइरसकोे बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुनिदिने चेतावनी दिएकी छिन् ।

 

भक्तपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार भक्तपुरका व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताइन् ।

 

प्रजिअ पाण्डेले भनिन्, ‘कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनौं, त्यस्तो भेट्ने बित्तिकै थुनेर कारवाही गर्छौं, जहाँसुकैबाट दबाब आए पनि छाड्दैनौं ।’ अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गरिन् ।

 

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताए । अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव भएको बताए ।

 

कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरु नआएर रोकिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको उनीहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र