
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा अन्तिम फैसला भएको मुद्दाको फैसला भोलि मात्रै सुनाइने अदालत स्रोतले जनाएको हो ।
न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि हुने छ ।
गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश पौडेलले फैसला सुनाएका हुन् ।
महरामाथि गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । आरोप पछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।
असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग