February 16, 2020

पूर्वसभामुख महराको मुद्दा फैसला भोलि मात्रै

krishna-bd-mahara

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको  मुद्दाको फैसला भोलि हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा अन्तिम फैसला भएको मुद्दाको फैसला भोलि मात्रै सुनाइने अदालत स्रोतले जनाएको हो ।  

न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि हुने छ ।  

गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश पौडेलले फैसला सुनाएका हुन् ।  

महरामाथि  गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । आरोप पछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन