गौतम बुद्ध क्रिकेट रंगशालामा १६ लाख लिटर पानी अट्ने ड्रेन निर्माण !

Image result for drain in gautam buddha cricket stadium

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ड्रेन निर्माण पूरा भएको छ । ४७१ मिटर परिधिको १६ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन निर्माण पूरा भएको  अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

दुई मिटर चौडाई रहेको ड्रेनको भित्री उचाई २.३७ मिटर र बाहिरी उचाई ३.२७ मिटर रहेको छ । डेढ महिनामा उक्त ड्रेन निर्माण सम्पन्न भएको अभियान्ता सीतारामले बताए । 

रङगशालामा दैनिक ६० हजार लिटर पानी खपत हुने भएकाले सोही प्रयोजनका लागि ड्रेन निर्माण गर्नु परेको उनको भनाइ छ । 

सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत उनले आगामी चार महिनामा रङगशाला निर्माण सम्पन्न हुने बताए । अहिले मैदान निर्माणको काम भइरहेको छ । 

त्यसका लागि आवश्यक सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् । सहयोग गरेर रंगशालाको निर्माणको अपनत्व ग्रहण गरिदिन आग्रह गर्दै उनले निर्माण सामग्री कम्पनीहरुसँग सहयोगको अपेक्षा गरेका छन् । 
रंगशालालाई खेलकुदको मन्दीर भन्दै सीतारामले सिमेन्ट कम्पनीहरुलाई सिमेन्ट, छड कम्पनीहरुलाई छड तथा अन्य निर्माण सामग्री कम्पनीहरुलाई आआफ्नो तर्फबाट सकेको सहयोग गर्न उनले भनेका छन् । 
डोजर, रोलर, स्काभेटर हुनेहरुले एक महिनाका लागि उपलब्ध गराउन सक्ने भन्दै उनले श्रमदान गर्नेहरुका लागि पनि आफूले स्वागत गरेको बताए । 

उनले क्रिकेटर सन्दिप लामिछानेले प्रत्येक विकेट लिए वापत सगरमाथाको उचार बराबर ८ हजार ८४८ रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको जानकारी पनि दिएका छन् । 

यस्तै हिजो मात्रै गायक प्रमोद खरेलले अबको एक वर्षमा आफूले गर्ने हरेक सांगीतिक कार्यक्रमको पारिश्रमिकबाट ५ हजार १११ रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८