भुमी सम्वन्धीको ऐन अन्तिम चरणमा, फिल्डमै लालपुर्जा वितरण गर्ने दिन टाढा छैनः मन्त्री अर्याल

पुष ५,  चितवन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भुमी सम्वन्धी ऐन पारित भई सवै प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छन् ।  

शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले प्रयोग गर्दै आईरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने बताइन् । तर वनको एउटा रुख समेत नकाटिने उनले वताईन् । केही तत्वहरु तल आएर सुकुम्वासीलाई उचाल्ने र सदनमा विरोध गर्दा समेत ऐन पारित भईरहेको भन्दै उनले वर्तमान सरकारलेनै सुकुम्वासीलाई लालपुर्जा दिने उद्घोष गरिन् ।  

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको गरेको प्रति प्रसंसा गर्दै मन्त्री अर्यालले यहाँ सुकुम्वासीको पूर्ण विवरण समेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने संकेत गरिन् । ३ नम्वर प्रदेशका साँसद कृष्ण प्रसाद खनालले चितवन भुमीहिन, सुकुम्वासी र अव्यवस्थितहरुको वाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।  

बाढी र सुकुम्वासीको नाममा राजनिति गरेको भन्दै अव पुर्जा वितरण नगरे जनताले माफी नदिने साँसद खनालको भनाई थियो । रत्ननगरका मेयर नारायण वनले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको वताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुम्वासी,भुमिहिनहरुका लागि करिव ८० घर निर्माण गरिसकेको सो अवसरमा मन्त्री अर्याललाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना