December 11, 2019

१३ औं साग विगतका खेलहरु भन्दा भब्य र सफलः प्रधानमन्त्री (भिडियाे सहित)

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसिया खेलकुद शुरु हुनु अगाडी नै विरामी भएर थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले समापन कार्यक्रममा भिडिओमार्फत् सन्देश दिँदै १३ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको बताएका छन् ।

मंगलबार खेल समापनपछि भिडिओमार्फत् प्रधानमन्त्री ओलीले भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको बताए ।  

उनले यसपल्टको प्रतियोगितामा जस्तो बढि खेलाडीको सहभागिता पहिले कहिल्लै नभएको र खेलहरु पनि सबैभन्दा बढि भएको बताएका छन् ।  ‘पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।’ प्रधानमन्त्रीले भनेका छन् ।

उनले खेलमा सहभागिता जनाएका राष्ट्र, प्रशिक्षक र खेलाडीलाई समेत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ । 

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु । 

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु । अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने छ भन्ने मैले विश्वास लिएको छु । यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु । 

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।

केपी शर्मा ओली  

प्रधानमन्त्री, नेपाल सरकार

भिडियाे

https://youtu.be/LPpMYAXJvgo

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८