
मंसिर ८, काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रका तत्कालीन कार्यालय प्रमुख सहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोप लागेको उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आइतबार २०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जना व्यक्तिलाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तिायारले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलसहितको मिलोमतोमा राजश्वसमेत छली गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
हाल अवकास प्राप्त इन्जिनयर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालिन प्रहरी निरीक्षक ९हाल प्रहरी नायब उपरिक्षक० नवराज थापा, शाखा अधिकृतहरु राममणी पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव) बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर भएको हो।
भ्रष्टाचार मुद्दा दायर भएका अन्य कर्मचारीको बिवरण यस प्रकार छ

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग