
काठमाडौं, ६ मंसिर । भारतीय प्राध्यापक एसडी मुनीले कालापानी र लिम्पियाधुराबारे आफ्नो धारणा राखेका छन् । मुनीले कालापानी विवादित क्षेत्र भएको र उक्त क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता नहुने बताएका छन् ।
दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका जानकार एसडी मुनीले नेपालबारे आफ्नो पछिल्लो धारणा व्यक्त गरेका हुन् । मुनीले लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो आधिकारिक नक्सामा पारेपछि सुरु भएको दुई देशबीचको असमझदारीलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने समेत बताए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाले सीमा विवादलाई भारतविरोधी राष्ट्रवादको रुपमा प्रयोग गरेको मुनीको भनाइ छ । ‘नेपाल कम्युनिष्ट पार्टीले यतिबेला भारत विरोधी राष्ट्रवाद प्रयोग गरिरहेको छ र कालापानीबारे कुरा गरिरहेको छ’, मुनीले भने, ‘यस्तो कुरा नेकपा र केपी ओलीका लागि राम्रो कुरा होइन ।’
साथै कालापानीबाट भातरीय सेना हट्नुपूर्व सीमा समस्याको सार्थक हल निकाल्नु पर्ने उनको भनाइ छ ।
‘आपसी कुराकानीबाट यो समस्यालाई हल गर्न सकिन्छ, यसबारे के गर्ने भनेर तय नहुन्जेलसम्म सीमामा पुरानै अवस्था कायम हुनेछ र भारतीय सेना कालापानीबाट हट्नुपर्ने जरुरी छैन’, मुनीले भने ।
‘सबैलाई थाहा छ कि हालसम्म भारत र नेपालबीच कालापानीबारे कुनै कुराकानी भएको छैन । कुराकानीपछि मात्रै कालापानी कसको हो भनेर निश्चित हुन्छ तर कुराकानी नहुँदै ओलीले यस्तो कुरा नगरेको भए हुन्थ्यो’, मुनीले थपे ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित