November 16, 2019

 आलम रातारात ललितपुरको नख्खु जेलमा

सुरक्षा खतरा बढेपछि आलम रातारात ललितपुरको नख्खु जेलमा
 काठमाडौं, कार्तिक ३० । सुरक्षा खतरा भएको भन्दै जेल चलान गर्न आदेश दिईएका मोहमद अफताव आलमलाई ललितपुरको नख्खु जेल पठाईएको छ ।

उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको हो। गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो ।
प्रहरी उच्च स्रोतकाअनुसार आलमलाई शनिबार बिहान साढे ४ बजेतिर नख्खु कारागार पुर्‍याइयोको छ। उनलाई शुक्रबार राति नै इलाका प्रहरी कार्यालदय चन्द्रनिगाहपुरको टोलीले कडा सुरक्षाबीच हस्तान्तरण गरेको थियो।

शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो। वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए।

आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि