
कार्तिक २२,काठमाडौँ । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजे पछी शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेका छन् ।
भारतले नेपाली भूभाग मिचेको भन्दै काठमाडौं लैनचौरस्थित भारतीय दूतावास अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा नेपाली भूभाग समेपछी यसको बिरोध गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीले गो ब्याक इण्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

यस अघी नेपाल विद्यार्थी संघ (नेवि संघ) ले पनि भारतीय दूतावास अगाडी भारतको नयाँ नक्सा जलाउँदै विरोध प्रदर्शन गरेका थिए ।
अनेरास्ववियूका विद्यार्थीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन भएपछी सरकारले दूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक भारतीय क्षेत्रभित्र पारेपछी नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आइरहेका छन्
यसरी नेपाली भूभागलाई भारतले आफ्नो बनाउन खोजेपछी नेपारभर यसको बिरोध भईरहेको छ ।



माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग