November 8, 2019

सिमा मिचेको बिरोधमा सत्तारुढ विद्यार्थीले पनि गरे भारतको विरुद्ध प्रदर्शन

 

कार्तिक २२,काठमाडौँ । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजे पछी शुक्रबार  सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपाली भूभाग मिचेको भन्दै  काठमाडौं  लैनचौरस्थित भारतीय दूतावास अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।  

भारतले  सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा नेपाली भूभाग समेपछी यसको बिरोध गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीले गो ब्याक इण्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

 यस अघी नेपाल विद्यार्थी संघ (नेवि संघ) ले पनि भारतीय दूतावास अगाडी भारतको नयाँ नक्सा जलाउँदै विरोध प्रदर्शन गरेका थिए ।  

अनेरास्ववियूका विद्यार्थीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध प्रदर्शन भएपछी  सरकारले दूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक भारतीय क्षेत्रभित्र पारेपछी  नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आइरहेका छन्

यसरी नेपाली भूभागलाई भारतले आफ्नो बनाउन खोजेपछी नेपारभर यसको बिरोध भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन