November 6, 2019

गृहमन्त्री थापाको खुलासा- जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता छ

download

काठमाडाैं, २० कात्तिक । गृहमन्त्री राम बहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्रि थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका  हुन्  ।

समितिले केहि समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरे पछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेरा भित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रि सँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्रि थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्विकार  गरेका हुन् ।

सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका थिए । सांसदको जिज्ञाशामा मन्त्रि थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए ।

राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमन पछि नेपाल सरकारलाई जेल तथा बन्दि गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग