October 20, 2019

यसरी लागिन रोशनी महरालाई निर्दोष साबित गर्न

 


काठमाडौं, ३ कात्तिक । जुन महिलाले पुरुषमाथि जर्बजस्तीको अभियोग लगाइन् उनी स्वयं अदालतमा उपस्थित भएर निर्दोष साबित गर्दै छुटाउनका लागि बयान दिन पुगेको इतिहासमा प्रहिलो घटना हो। काठमाडौं जिल्ला अदालतमा आइतबार यस्तै नाटकीय घटना भएको छ । जसका कारण न्याय निसाफ गर्न न्यायाधीशको भेजा खराब भएको बुझिएको छ ।

 निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्तीको अभियोग लागेर हिरासतबाट छुटाउन कथित पीडित भनिएकी रोशनी शाही स्वयं अदालत पुगेकी छिन् । उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी छिन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीको किटानी जाहेरीले महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरी नियन्त्रणमा लिइएका थिए ।

दुई हप्ता हिरासतमा रहिसकेका उनीमाथि अभियोग लगाउने र किटानी जाहेरी दिनेले नै करकापमा दिएको बयान दिएपछि यसले नयाँ मोड लिएको हो ।
रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिइन् । आफैले किटानी जोहरी दिइन् र आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यदी रोशनीको अदालतती बयानको आधारमा हेर्ने हो भने यस प्रकरणले एउटा उच्च स्तरमा रहेको बिबादरहित नेता महराको राजनीतिक जीवनमा मात्र  दाग लगेको छैन सिङो सन्सारभरी नेपाल  र नेपाली जनताको नैतिकता माथी प्रश्न खडा भएको छ । यसले नेपालीको शीर उचो हैन झुक्न नै मद्धत पुगेको बिश्लेषकहरुको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक