सात घण्टाको बयानपछि महरालाई जिल्ला अदालत लगियो

कार्तिक ३,काठमाडौं : यौन दुर्व्यवहारका आरोपी सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयानपछि उनलाई भर्खरै जिल्ला अदालततर्फ लगिएको हो । 

74205810_528348657731333_8615935950347829248_n_(1)_425202935

प्रहरीसँग बयान दिन नमानेका महराले सरकारी वकिलको कार्यालयमा भने बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार महरालाई थप ७ दिन हिरासतमा राख्नका लागि अनुमति माग्ने प्रहरीको तयारी छ ।

जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । संसद सचिवालयमै कार्यरत एक महिलालाई उनको तीनकुनेस्थित कोठामा गएर महराले असोज १२ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक