पाँच घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द !

Image result for tribhuvan airport closedकाठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपतिको सी जिनपिङको शनिबारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा त्रिभुवन विमानस्थल प्रभावित हुने भएको छ । उनको भ्रमणको कारण विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएका छन् ।

विमानस्थलको उडान दुई दिन नै प्रभावित हुनेछ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले उड्डयनकर्मीका लागि जारी गरिने सूचना नोटाम अर्थात् नोटिस टू एयरमेन जारी गर्दैछ ।

राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५: ३० को बीचमा काठमाडौं अवतरण गर्ने र आइतबार १२ः३० गते स्वदेश फर्कने कार्यतालिका छ । नोटाम जारीसँगै वायुसेवा कम्पनीहरूले आफ्ना उडान अनिवार्य सार्नुपर्ने हुन्छ।

विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिनेछ । त्रिभुवन विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मको उडान र अवतरण प्रभावित हुनेछन् भने आइतबार बिहान ११ः२० देखि दिउँसो १:५० सम्म विमानस्थल प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र