पाँच घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द !

Image result for tribhuvan airport closedकाठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपतिको सी जिनपिङको शनिबारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा त्रिभुवन विमानस्थल प्रभावित हुने भएको छ । उनको भ्रमणको कारण विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएका छन् ।

विमानस्थलको उडान दुई दिन नै प्रभावित हुनेछ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले उड्डयनकर्मीका लागि जारी गरिने सूचना नोटाम अर्थात् नोटिस टू एयरमेन जारी गर्दैछ ।

राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५: ३० को बीचमा काठमाडौं अवतरण गर्ने र आइतबार १२ः३० गते स्वदेश फर्कने कार्यतालिका छ । नोटाम जारीसँगै वायुसेवा कम्पनीहरूले आफ्ना उडान अनिवार्य सार्नुपर्ने हुन्छ।

विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिनेछ । त्रिभुवन विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मको उडान र अवतरण प्रभावित हुनेछन् भने आइतबार बिहान ११ः२० देखि दिउँसो १:५० सम्म विमानस्थल प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक