चीनका राष्ट्रपति भ्रमणलाई मौसमको पनि साथ, शनिबार र आइतबार मौसम सफा रहने !

chinese-president-xi-jinpingकाठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा मौसमले पनि साथ दिने देखिएको छ । सी यही शनिबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । झण्डै २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज भने देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वी पहाडमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहने जनाइएको छ । पूर्वका थोरै स्थानहरुका साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीका साथै पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । 

यस्तै शुक्रबार र शनिबार पनि मौसम पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मनसुन पनि अब चाँडै बाहिरिने मौसमविद् मानन्धरले जनाइन् । मनसुन सेप्टेम्बर २३ देखि नै बाहिरिनुपर्नेमा यसपालि केही लम्बिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र