August 20, 2019

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन्।

‘संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई साँझ पाँचबजे छलफलका लागि बालुवाटार बोलाइएको छ।’

 प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धि अल्झिएको विषयका गाँठो फुकाउनका लागि सबै दलका प्रतिनिधिहरुको कुरा सुन्न चाहेको उनको नीजि सचिवालयले जनाएको छ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन्।

आयोगमा पदाधिकारी सिफारिससम्बन्धी समिति बनाएर आवेदन आह्वान गरिएता पनि कुन आयोगको नेतृत्व कुन दल निकटका व्यक्तिलाई दिने भन्ने विषयमा नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति जुट्न नसकेपछि आयोगहरुमा पदाधिकारी नियुक्तिको काम अल्झिएको हो।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण आफूहरुको प्राथमिकतामा रहेको बताउँदै आयोगले यही साताभित्र पूर्णता पाउने जानकारी दिएका थिए।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले यी आयोगहरुले यही साताभित्र पूर्णता पाउने बताएका थिए।

‘उहाँ स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुअघि संक्रमणकालीन न्याय निरुपणको गति अघि बढोस भने पदाधिकारी नियुक्त र संक्रमणकालीन न्यायसम्बन्धी ऐन संसोधनको काम सहमतिमै अघि बढोस् भन्ने चाहनुहुन्छ। त्यसैको फलस्वरुप दलहरुको कुरा सुन्न मंगलबार सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो’, प्रधानमन्त्रीको नीजि सचिवालयका एक सदस्यले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना