August 2, 2019

सरकारी गाडी, मुख्य रजिष्टारको मनोमानी : करोडको २ वटा आफूलाई, निजी बनाएर सरकारी कार श्रीमतीलाई !

सरकारी गाडी, मुख्य रजिष्टारको मनोमानी : करोडको २ वटा आफूलाई, निजी बनाएर सरकारी कार श्रीमतीलाई !
 
 

काठमाडौं, १६ साउन । कुनै समय तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्र काटेर चर्चामा आएका पात्र हुन् नृपध्वज निरौला । न्याय परिषदका तत्कालिन सचिव निरौला हाल सर्वोच्च अदालतको मुख्य रजिष्टारमा बढुवा भएका छन् । मुख्य रजिष्टारमा बढुवा भएसँगै उनको रवाफ बढ्न थालेको छ । निजामति कर्मचारीको मुख्य सचिव सरह सेवा सुविधा हुनुपर्ने निरौलाले सर्वोच्च अदालतको गाडीहरु आफूखुसी दुरुपयोग गरेको पाइएको छ ।

करोडौँ मुल्य पर्ने ३ वटा गाडी निरौलाले दुरुपयोग गर्ने गरेको पाइएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार निरौलाले डेढ करोड रुपैयाँ भन्दा बढी मुल्य पर्ने बा २ झ ३३१६ नम्बरको टोयोटा फोर्चुनर गाडी चढ्ने गरेका छन् । त्यस्तै अकौ सर्वोच्च अदालतकै अर्को करिब पौने करोड हाराहारी मुल्य पर्ने बा २ झ ८०२ नम्बरको हुन्डाई टक्सन गाडी पनि निरौलाले नै चढ्दै आएका छन् । त्यति मात्रै होइन सरकारी गाडीलाई निजि नम्बर बनाएर दुरुपयोग गर्ने गरेको समेत खुलाशा भएको छ ।

बा २ च ९८५१ नम्बरको रातो कारमा भने निजी नम्बर राखेर निरौलाको श्रीमतीलाई आवत जावत गराउने गरेको खुलाशा भएको छ ।

निरौलाले उक्त कार चलाउनका लागि २ जना सरकारी ड्राइभर राखेका छन् । घरमा काम गर्नका लागि युवराज खतिवडालाई राखिएको थियो तर उनले घरको काम गर्न नमानेपछि गत साउन १ गतेदेखि विदुर आचार्यलाई पठाइएको छ । खतिवडाले भने गाडी चलाउने गरेका छन् ।
घरमा गृहिणीको रुपमा रहेकी निरौलाकी श्रीमतीलाई फोर्ड कम्पनिको बा १ झ ९१५७ नम्बरको सरकारी गाडीलाई निजी बनाएर चलाइएको छ । यस विषयमा निरौलाको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

त्यस्तै भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारले सरकारी गाडिलाई रातो प्लेट(प्राइभेट) बनाई दुरूपयोग गरेका छन् । श्रेष्तेदार तीर्थ बहादुर बोहोराले बा ५ च ९६४५ नम्बरको गाडी चढेर हिँड्ने गरेका छन् ।

यता बैदेशिक रोजगार न्यायाधीकरणले सेतो सरकारी प्लेटमा परिवर्तन नगरी गाडि खरिद गर्दाको अवस्थामै टासिएको नक्कली रातोप्लेट नै राखेर अफिसियल प्रयोजनका लागि प्रयोग गर्दै आएको छ । बा १८ च ७५९४ नम्बरको गाडी दुरुपयोग हुँदै आएको छ ।

श्रम अदालतमा भने अर्कै काण्डले चर्चा पाइरहेको छ ।

श्रम अदालतले नयाँ गाडी खरिद गरेपछि सेतो नम्बर प्लेट बनाएर दर्ता गर्न पठाएको थियो । बीच बाटोमै तत्कालिन स्टोर किपरले पत्र सच्याई रातो प्लेटमै दर्ता गराइएको थियो । २०७१ साल देखिनै श्रम अदालतका श्रेष्तेदार जीवन भण्डारीले उक्त गाडी दुरुपयोग गर्दै आएका छन् । दुरुपयोग गर्दै आएको यो गाडिको अहिलेसम्म कर पनि तिरिएको छैन । सरकारी नं. प्लेटमा हुँदा ७००० रुपैयाँ मात्रै कर बुझाउनु पर्ने थियो । तर प्राइभेट नम्बरमा हुँदा वार्षिक २२ हजार कर तिरिएको बताइएको छ । कर नतिरेका कारण बा ११ च ५९६३ नम्बरको उक्त गाडी हालसम्म नविकरण भएको छैन ।

Coppied from diyopost.com for zero tolerance in corruption

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज

मन्त्रिपरिषदको शासकीय सुधारसम्बन्धी सय कार्यसूची (पूर्ण विवरणसहित)

 १५ चैत ,काठमाडौं नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी

१५ सदस्यीय मन्त्रिपरिषद् गठन : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ

 चैत १३, काठमाडौं । । प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ सदस्यीय मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

‘जेनजी आन्दोलन’मा दमनबारे आयोगको प्रतिवेदन सार्वजनिक, २८ घाइतेका बयान समेटिए( यस्तो छ पुर्ण पाठ )

चैत १२,काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गते सञ्चालन भएको