July 20, 2019

अब जंगली राज  चल्दैन: सञ्चारमन्त्री

बनेपा, साउन ४, ।शनिबार बनेपामा आयोजित काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनतालाई आतंकित पार्ने जंगली राज नेपालमा अब नचल्ने बताएका ।

‘यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ’, विप्लव नेकपालाई संकेत गर्दै उनले भने, ‘जनतालाई आतंकित पार्ने जंगली राज अब चल्दैन।’ विप्लव नेकपाले लुकेर जनतालाई त्रसित बनाएको, व्यापारीमा चन्दा आतंक मच्चाएको, विद्यालय र स्थानीय जनप्रतिनिधिलाई समेत दुःख दिएको उनको आरोप थियो। खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको भन्दै उनले विप्लव समूह शान्तिपूर्ण मूलधारमा नआए उसैलाई क्षति पुग्ने बताए।

उनले नेपाल गौतम बुद्धको देश भएको बताएँदै बुद्धको देशमा हिंसा अस्वीकार्य भएको बताए। ‘बुद्धको देशमा हिंसा अस्वीकार्य छ’, उनले भने, ‘जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ।’

मन्त्री बाँस्कोटाले हिंसा भड्काएर सरकारलाई झुकाउँछु भनेर सोच्नु गलत भएको भन्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने दाबी गरे। ‘मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ’, उनले भने, ‘यस्ता नौटंकीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन्छ।’ उनले कसैले धम्क्याए भने त्यसविरुद्ध सडकमा निस्कन पनि उद्योगीलाई आग्रह गरे। उनले देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने दाबी गरे। मन्त्री बाँस्कोटालाई संघका जिल्लाध्यक्ष प्रकाश मानन्धरलगायतले अभिनन्दनपत्रबाट सम्मान गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक