प्रतिनिधि सभामा प्रतिपक्षीको नारावाजी र वेल घेराउ, कांग्रेसलाई राजपाको पनि साथ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बुधवार प्रतिनिधि सभा बैठकमा नाराबाजी र वेल घेराउ गरेको छ ।

सभामुखले बैठक शुरू भएको जानकारी गराउने बित्तिकै उठेर विरोध जनाएका प्रतिपक्षी सांसदहरूले बैठकको कारवाही अघि बढेपछि वेल घेराउ गर्दै नारावाजी गरेका थिए । विरोधमा कांग्रेसलाई राजपाले साथ दिएको थियो । 

उठेर विरोध जनाइरहेका प्रतिपक्षी सांसदहरूलाई सभामुख कृष्णबहादुर महराले बस्न पटक-पटक आग्रह गरेका थिए ।

‘बसिदिनुस् मान्य सदस्यहरू । बसिदिनुभयो भने म नयाँ कुरा सुनाउँछु । नयाँ कुरा सुनाउन त बस्दिनुपर्‍यो,’ भनेर सभामुखले भनिरहँदा प्रतिपक्षीहरू मुस्कुराउँदै उभिइरहेका थिए ।

पटक-पटक आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरू नबसेपछि सभामुख महराले विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३औं संशोधन विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त प्रस्तावबारे जानकारी प्रतिनिधि सभाका सचिव गोपाल नाथ योगीलाई गराउन समय दिएका थिए ।

सचिव योगीले सन्देश पढेर सुनाएलगत्तै प्रतिनिधिसभा बैठक यही असार ३० गतेसम्मका लागि स्थगित भएको छ ।

सर्लाहीमा प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको तथा विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरूले यसअघिको बैठक पनि अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको