चिकित्सा शिक्षामा सम्झौताअनुसार सुधार नगरिए कडा संघर्ष गर्ने डा. केसीको चेतावनी

 असार १३,काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्‍ता प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सम्झौताअनुसार सुधार नगरिएमा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको चिकित्सा शिक्षा सुधारका उपलब्धिहरु उल्ट्याउने अभ्यास सुरु गरेको  छ ।  तर आफूसँग गरिएको सम्झौताअनुसार सुधार नगरिएमा आफू कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका हुन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको विद्यार्थी भर्ना कार्यक्रममा विदेशी विद्यार्थीहरुलाई नाजायज रुपमा धेरै सिट खुलाएर स्वदेशी विद्यार्थीहरुलाई स्नातकोत्तर गर्ने अवसरबाट बञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरे । 

“गत वर्ष निजी मेडिकल कलेजहरुले गैरकानुनी रुपमा असुलेको अर्बौं रुपैयाँका लागि तिनलाई दण्डित गर्नुको सट्टा मेडिकल माफियाको इशारामा मेडिकल शिक्षाको शुल्क बढाउने प्रयास भइरहेको छ,” उनले भने । 

उनले सरकार र सत्तारुढ नेताहरुकको भ्रष्ट प्रवृत्तिका कारण न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका दोषी पदाधिकारीलाई कारबाही नगर्दा अहिले चरम् दण्डहीनता व्याप्त रहेको आरोप लगाए ।

डा. केसीले  जारी गरेको विज्ञप्तिको पूर्ण पाठ

आदरणीय पत्रकार मित्रहरु

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हामी निरन्तर संघर्षरत रहेको कुरा अवगतै छ । हाम्रो लामो संघर्षको फलस्वरुप जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन जारी गर्ने गरी सरकारले हामीसित सम्झौता गरेको थियो । तर पछि गएर माफियाहरुको स्वार्थ पूरा हुने प्रावधानसहित उक्त ऐन जबर्जस्ती संसदबाट पारित गरिएको थियो । 

सरकारको माफियामोहले सिर्जना गरेको यही भाँडभैलो र अस्तव्यस्तताबीच चिकित्सा शिक्षा सुधारका दिशामा विगतमा हात परेका उपलब्धिहरु उल्ट्याउने अभ्यास शुरु भएको छ । 

 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले चिकित्साको स्नातक तहमा अन्धाधुन्ध सिट बढाउने अभ्यासमा छ । जबकि माथेमा प्रतिविेदनको कार्यान्वयनका क्रममा एमबीबीएस कार्यक्रममा अधिकतम सय सिट कायम गर्ने अभ्यास स्थापित भइसकेको छ । त्यसै गरी उक्त प्रतिष्ठानमा स्नातकोत्तर तहका कार्यक्रममा विद्यार्थी भर्ना गर्दा विदेशी विद्यार्थीहरुलाई नाजायज रुपमा धेरै सिट खुलाएर स्वदेशी विद्यार्थीहरुलाई स्नातकोत्तर गर्ने अवसरबाट वञ्चित गरिएको छ । यस्तो कुनै पनि अनुचित र नाजायज कदम हाम्रा लागि स्वीकार्य हुन सक्दैन । 

यसैबीच गत वर्षभर निजी मेडिकल कलेजहरुले गैर कानुनी रुपमा असुलेको अरबौं रुपैयाँका लागि तिनलाई दण्डित गर्नुको सट्टा मेडिकल माफियाको इशारामा मेडिकल शिक्षाको शुल्क बढाउने प्रयास भइरहेको छ । माथेमा कार्यदलले लामो अध्ययन र सबै सरोकारवालाहरुसँगको बृहत् छलफलपछि शुल्क तोकेको तथा प्रत्येक दुई वर्षमा शुल्क समायोजन गर्ने व्यवस्था गरेकोमा हाल आएर सो विषयमा गरिने कुनै पनि चलखेल हामीलाई स्वीकार्य छैन । चिकित्सा शिक्षा विधेयकमा हामीसँग विगतमा भएका सम्झौताबमोजिम संशोधन भएर चिकित्सा शिक्षा आयोग बनेपछि शुल्क समायोजनको जिम्मेवारी उक्त आयोगमा जाने अवस्था अहिले छ । त्यसैले राज्यको कुनै अर्को निकाय लगाएर शुल्क निर्धारणका अभ्यास गर्नुको कुनै तुक छैन । 

यस्तो अवस्था त्यसै आएको हैन । सरकार र सत्तारुढ नेताहरुकको भ्रष्ट प्रवृत्तिका कारण न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका दोषी पदाधिकारीलाई कारवाही नगर्दा अहिले चरम् दण्डहीनता व्याप्त छ । सत्तामा रहेका दल र नेताहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐनमा माफियामुखी प्रवधान घुसाइएको तथा नियामक निकायहरुमा दलीय भागवण्डाका आधारमा नियुक्ति भएका कारण आज यस्तो अवस्था सिर्जना भएको हो । यस्ता सबै खाले गलत र अनियमित गतिविधिहरु तत्काल रोकेर चिकित्सा शिक्षा विधेयकमा हामीसँग भएको सम्झौताअनुसार सुधार नगरिएमा हामी कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं । 

साथै निःशुल्क स्नातकोत्तर कार्यक्रम अन्तर्गत पढिसकेका चिकित्सकहरुलाई उृचित रुपमा परिचालन गरेर विशेषज्ञ स्तरको स्वास्थ्य सेवा देशभर पुर्याउने अवसर उपयोग गर्न सरकारलाई स्मरण गराउन चाहन्छौं ।

अन्तमा नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार लगायतका संविधान प्रदत्त अधिकारहरु कुण्ठित हुने गरी ल्याउन लागिर्एका सबै विधेयकहरु फिर्ता गर्न पनि जोडदार माग गर्दर्छौं । 

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
२०७६ असार १३

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको