June 22, 2019

पोखरामा डाक्टरको गाडीबाट बालकको मृत्यू

कास्की, ७ असार । पोखराको मणिपाल अस्पतालका चिकित्सकले चलाएको गाडीबाट अस्पताल हाताभित्रै एक बालकको ज्यान गएको छ । चिकित्सक विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो ।

तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा रहेका कँडेलका पिताले उनलाई सडक छेउमा उभ्याएर बाइक लिन पार्किङ एरियामा गएका थिए । सोही अवस्थामा डाक्टरको गाडीले उनलाई ठक्कर दिएको थियो ।

बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ । मृतक बालकका आफन्तले लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै चिकित्सकमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र