April 30, 2019

‘पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लाञ्छना लगाइयो’ : प्रधानमन्त्री ओली

बैशाख १७, काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जालझेल गरी सरकारी जग्गा हड्पेको खबर बाहिरीरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने पौडेल दोषी नभएको दाबी गरेका छन् ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पौडेलले ललिता निवासको सरकारी जग्गा दुरुपयोग गरेर नजोडेको दाबी गरेका हुन् ।

‘पौडेलबारे भ्रम फैलाइएको छ । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा जोड्नुभएको होइन । राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ’, प्रधानमन्त्रीले भने । साथै उनले सरकारी जग्गा हडप्न खोज्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि जनाए ।

उनले यो घटनालाई सरकारले ढाकछोप गर्न नखोजेको जिकिर गर्दै गरे सरकार असल नियतका साथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागि परेको छ भने ।

उनले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

 सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पार्दै प्रम ओलीले पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना