लुक्ला जहाज दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

काठमाडौं ,बैशाख १ : सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

सोलुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाकाअनुसार समिटि एयरका सहचालक एस. ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो। अर्का एक सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो। ग्रान्डी अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो। उनी पर्यटक प्रहरी अन्तर्गत सहायक निरीक्षकको पदमा लुक्ला विमानस्थलमा कार्यरत थिए।

समिट एयरमा रहेका ४ यात्रु सकुशल छन्। लुक्लाबाट रामेछापको मन्थली विमानस्थलका लागि उड्न लाग्दा सो जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मनाङ एयरका क्याप्टेन चेतवहादुर गुरुङ, मनाङ एयरकै कर्मचारी लाक्पा शेर्पा र समिट एयरका क्याप्टेन रविन्द्रवहादुर रोकाय खतरामुक्त रहेको ग्राण्डी अस्पतालका हेलिकप्टर इन्चार्ज माधव शर्माले जानकारी दिए।

समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरको हेलिकोप्टर र त्यसपछि श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्माले उद्धार कार्य जारी रहेको जानकारी दिए। ‘हामी उद्धार गरिरहेका छाैं क्षतिको विस्तृत विवरण आउन केही समय लाग्नेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक