लुक्ला जहाज दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

काठमाडौं ,बैशाख १ : सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

सोलुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाकाअनुसार समिटि एयरका सहचालक एस. ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो। अर्का एक सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो। ग्रान्डी अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो। उनी पर्यटक प्रहरी अन्तर्गत सहायक निरीक्षकको पदमा लुक्ला विमानस्थलमा कार्यरत थिए।

समिट एयरमा रहेका ४ यात्रु सकुशल छन्। लुक्लाबाट रामेछापको मन्थली विमानस्थलका लागि उड्न लाग्दा सो जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मनाङ एयरका क्याप्टेन चेतवहादुर गुरुङ, मनाङ एयरकै कर्मचारी लाक्पा शेर्पा र समिट एयरका क्याप्टेन रविन्द्रवहादुर रोकाय खतरामुक्त रहेको ग्राण्डी अस्पतालका हेलिकप्टर इन्चार्ज माधव शर्माले जानकारी दिए।

समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरको हेलिकोप्टर र त्यसपछि श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्माले उद्धार कार्य जारी रहेको जानकारी दिए। ‘हामी उद्धार गरिरहेका छाैं क्षतिको विस्तृत विवरण आउन केही समय लाग्नेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र