विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन्। जनकपुर–जयनगर रेल्वे कम्पनीमार्फत रेल सञ्चालन हुनेछ। मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन्।