April 5, 2019

आज घोडेजात्रा पर्व मनाइँदै

 

काठमाडौं, २२ चैत्र । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै छ । टुँडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्छ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ ।

Image result for आज घोडेजात्रा

कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रुपमा समेत लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी