माथिल्लो त्रिशूली थ्री ‘बी’ को सेयर खुल्यो, पहिलो आवेदन प्रधानमन्त्रीको

54433334_387591045411740_5750040162197307392_n

 

चैत ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर आवेदन दिएका छन् ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयरका लागि प्रम निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्रीले आवेदन दिएका हुन् ।

प्रम ओली र उर्जामन्त्री बर्षमान पुनले १०००/१००० कित्ता शेयरका लागि आवेदन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते) आवेदन दिन आह्वान गरिएको थियो । बिहीबारबाट निष्कासन गरेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर (१ लाख ११ हजार १ सय ५० कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ । बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याइएको थियो । यो संरचना अनुसार ‘कार्यक्रम’ कार्यान्वयन गर्न मिल्दैन ।

‘कार्यक्रम’ अनुसार आयोजनाका लागि सेयर माग गर्ने कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सेयर स्वामित्व जनताको हुनुपर्नेछ । तर, पछि ६० प्रतिशत स्वामित्व ५१ मा झार्ने गरी सेयर निष्कासन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो