दुुई न्यायधीशमाथि छानविन सुरु, अरु दुुईलाई स्पष्टिकरण

5c527a646928b190131101736

काठमाडौँ। न्याय परिषद्ले गम्भीर उजुरी परेका दुई न्यायाधीशमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

परिषद्को बुधबारको बैठकले सर्वोच्चका न्यायाधीश डा आनन्द मोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समिति सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य छन्।  

गम्भीर उजुरी परेका न्यायाधीशद्वय विश्वमंगल आत्रेय र ओमकार उपाध्यायका उजुरीबारे छानबिनका लागि भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। जिल्ला अदालत ललितपुरमा कार्यरत रहँदा थुनछेक आदेश लगायतमा गम्भीर न्यायिक विचलन गरेको आरोप आत्रेयमाथि लगाइएको छ। आरोपितहरू परिषद्को काजमा छन्। 

यस्तै, परिषद्ले यसअघि ३३ किलो सुन प्रकरणको थुनछेक आदेश र पेसी व्यवस्थापनका विषयमा उच्च अदालतमा विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ६ जनालाई छानबिनका लागि परिषद् तानेको थियो। छानबिन समिति बनाएर उक्त प्रकरणको अनुसन्धान भइरहेको छ।  

परिषद्ले न्यायाधीशद्वय राजेश काफ्ले र महम्मद जुनैद आजादसँग स्पष्टीकरण माग गरेको छ। सात दिनभित्र स्पष्टीकरण पेस गर्न उनीहरूलाई निर्देशन दिइएको हो। काफ्ले सर्लाही जिल्ला अदालतमा कार्यरत छन्। यस्तै, आजाद भक्तपुर जिल्ला अदालतमा कार्यरत छन्।

अन्य न्यायाधीशविरुद्धका उजुरी भने तत्काललाई तामेलीमा राखिएका छन्। 

परिषद्ले काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद शर्मा नेपाललाई जिल्ला अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र