पहिरोले पुरिएर २ जना बेपत्ता

माघ १३,धादिङ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । 

गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।  

हराइरहेका दुई जनाको गाउँवासीले ओडारमा बसेको बेला पहिरो गएकाले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिए । गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक