पश्चिमी वायुको प्रभावका कारण केही िदन देशैभर वर्षा हुने

ktm_IobrkWAHfOमाघ ९, काठमांडाै  ।  मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।यो प्रणाली आज रातिसम्म कायम रहने उनकाे अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् नगरकोटीले बताइन् ।

‘पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् नगरकोटीका अनुसार , ‘दिउँसो केही समय वर्षाको क्रम रोकिए पनि बेलुकीपखबाट यसले पुनः निरन्तरता पाउने सम्भावना छ ।’

देशका पश्चिम भागहरुमा भने भोलिसम्म यो प्रणालीको प्रभाव रहने उनको भनाइ छ । हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । यो प्रणाली हटेलगत्तै पुनः पश्चिमी वायु नै विकसित हुने र त्यसले पानी पार्ने मौसमविद् नगरकोटीको भनाइ छ ।पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र