माघ ९, काठमांडाै । मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।यो प्रणाली आज रातिसम्म कायम रहने उनकाे अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् नगरकोटीले बताइन् ।
‘पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् नगरकोटीका अनुसार , ‘दिउँसो केही समय वर्षाको क्रम रोकिए पनि बेलुकीपखबाट यसले पुनः निरन्तरता पाउने सम्भावना छ ।’
देशका पश्चिम भागहरुमा भने भोलिसम्म यो प्रणालीको प्रभाव रहने उनको भनाइ छ । हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । यो प्रणाली हटेलगत्तै पुनः पश्चिमी वायु नै विकसित हुने र त्यसले पानी पार्ने मौसमविद् नगरकोटीको भनाइ छ ।पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक