डा केसीको उपचारका लागि ११ जना विशेषज्ञको टोली इलामतर्फ

 

आवश्यक उपकरण र उपचार सामग्री समेत लगिँदै

 २०७५ माघ २  , काठमाडौं– अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलामतर्फ लागेको छ। प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिए। उनका अनुसार विशेषज्ञसहितको टोलीमा उनीहरुसँग फिजिसियन, एनेस्थेसिया, ल्याब र २ जना नर्ससमेत छन्।

‘डा केसीको स्वास्थ्यमा आउनसक्ने सबै खतराको तत्कालै उपचार गर्न सक्ने गरी टोली र त्यसका लागि आवश्यक पर्ने उपकरणसहितको सामग्री दिएर इलाममा पठाएको छौं,’ उनले भने, ‘इलाममा उपकरण समेत नभएको जानकारी पाएपछि आकस्मिक अवस्थामा चाहिने सबै उपकरण समेत पठाएका छौं।’ 

उपकुलपति डा रौनियारका अनुसार डा केसीलाई प्रतिष्ठानबाट गएका टोलीले आइसियूमा दिनसक्ने उपचार सेवा उपलब्ध गराउन सक्ने छन्। उनले प्रतिष्ठानमा पोर्टेबल भेन्टिलेटर नभएकाले पठाउन नसकिएको जानकारी दिए।

‘उहाँका खस्किँदो स्वास्थ्य अवस्थाको जानकारी हामीले पाइसकेका छौं,’ उनले भने, ‘त्यो हिसाबले उहाँलाई भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ। तर, हामीसँग पोर्टेबल भेन्टिलेटर नभएका कारण त्यसको खोजी गरिरहेका छौं।’

उनले डाक्टर केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक उपचारका लागि शय्या समेत तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘उहाँलाई इलाममा नै उपचार गर्न सम्भव नभए यहाँ ल्याएर उपचार गर्नुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘त्यसका लागि हामीले यहाँ पनि टिमलाई स्ट्यान्डबाई राखेका छौं।’

डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे माग राखेर पुस २५ गतेदेखि आमरण अनसनमा छन्। 

अनससन बस्नुभन्दा केही समयअघि बिरामी परेर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएका डा केसीको मुटुमा समस्या छ। अनसनमा रहेका डा केसीलाई निमोनिया देखिएको छ भने मुटुको चाल अनियन्त्रित भएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना