माघेसङ्क्रान्ति पर्वको चहलपहल !

पौष २८,बर्दिवास : माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसङ्क्रान्ति पर्वको रौनक छाएको हो । 

थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जी डाकिएका छन् । त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगरले पनि थारुजस्तै पर्वको जोहो गर्दै आफन्तलाई डाकेका छन् । पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम जारी छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुर थारु बसोबासका बस्ती हुन् । 

थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासक्रायत भनिने माघेसङ्क्रान्ति पर्वको तयारीमा जुटेका छन् । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा यो पर्वमा खास महत्वको मानिने तील, सख्खर, चिउरा र मुरीको बजार जमेको हो । 

तिलासक्रायत पर्वमा तील, चिउरा र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तील र सख्खरको मूल्य भने आकासिएको छ । यसअघि प्रतिकिलो १५० देखि २०० सम्म पाइने तील अहिले जिल्लाका बजारमा ३५० सम्म र सख्खर प्रतिकिलो १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् । 

तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तील थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्यबाली सरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तील उत्पादक किसान बताउँछन् । एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तीलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८