
काठमाडौँ, १८ पुस । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।
मङल्बार प्रेस विज्ञप्ति जारी गरी उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गरे ।
उमेरहदका कारण उनको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा आज संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र