इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

 

 मंसिर २५

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, रासस । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । 

बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

उद्योगी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ । 

आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको ठूलो उपस्थितिमा नियन्त्रण प्रयास भएको थियो । 

तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा अरु ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

उद्योगमा के कारणले आगो लागेको हो भन्ने यकिन नभएको उल्लेख गर्दै उनले आगलागीबाट भएको नोक्सानीका विषयमा सोधखोज र यकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि जानकारी दिए । उद्योगमा फैलिएको आगो पूर्णरूपमा नियन्त्रणको प्रयाससँगै क्षति कम होस् भन्ने उद्देश्यले काम भइरहेको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक