December 9, 2018

मान्छे मूर्ख भएको भए भ्रष्टाचार हुँदैनथ्योः प्रधानमन्त्री

oli-2-248x140

मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक पर्ने कानून, शिक्षा र संरचना बनिसकेकाे अवस्था भएका कारण अहिले नै अनुकुल समय भएको उनले बताए ।

सबै जनप्रतिनिधि कामप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै म भ्रष्टाचार गर्दिन भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरे । ‘म भ्रष्टाचार गर्दिन भन्ने नारा शतप्रतिशत कार्यान्वयन भयो, अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयनका लागि कोशिस गर्नेछौँ । त्यसका लागि हामी निर्मम तरिकाले जान्छौँ’, उनले भने । 
त्यस्तै प्रम ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन् भन्ने गरेको बताए । उनले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो गरे ।

‘अचम्म लाग्दो कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैँले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भइरहेकाे छ । भनेपछि यो कति डरलाग्दो छ ?’

उनले सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै मान्छेले बुद्धिलाई कु–ठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र