भूराजनीतिलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा

 

उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भूराजनीतिलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । उहाँले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता ः कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् । नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्यारोमा फस्ने बताए । उहाँले संघीयता फर्किएला की भनेर चिन्ता लिन जरुरी नरहेको भन्दै संघीयता परिमार्जन र विकसित चाँही हुने तर, खारेज नहुने समेत बताए । उहाँले भने– ‘अहिले पनि खतरा के हुनसक्छ भने रहेको छ, आन्तरिक प्रजातन्त्र, लोकतन्त्र प्रसस्त रुपमा दिने तर भूराजनीतिलाई सन्तुलन मिलाउन नसके देश निकै ठूलो अपठ्यारामा पर्ने छ ।’

संघीयता लागु हुँदा पनि केही पुराना कानुनले समस्या पारेको उहाँ बताउुन हुन्छ । तीन सय भन्दा बढी कानूनमा छलफल नै हुन पाएको छैन् । कानूनको अभावमा संघ, प्रदेश र स्थानीय तह संचालनमा समस्या उत्पन्न भएको बताए । उनले ती पुराना कानुुनको समस्या संघीय संसदले विस्तारै हल गर्दै जाने बताए । उनले हाम्रो संघियता हाम्रो मौलिकतामा आधारित हुन्छ कि हुँदैन, त्यहाँ शंका रहेको बताए । संघीयता हाम्रो मौलिकतामा आधारित छ त्यो ठिक छ, तर हाम्रो मौलिकता कतौ खोसियो भने संघियता लागू हुन नसक्ने समेत बताए ।

उनले सरकारका कामहरु नै कठिनाई रहेकाले केही आलोचनाहरु आएको भएपनि सरकार सहि दिसाबाट अगाडी बढनु पर्ने बताउँनु भयो । सरकारलाई खबरदारी गर्ने र संविधान र संघीयता कार्यन्वयनको पाटोमा सहयोग गर्ने दायित्व अनुरुप काम भईरहेको बताए । कार्यक्रममा नगरपालिका चार नगरपालिका मेयर र उपमेयर, चार गाउँपालिका प्रमुख र उपप्रमुखको साथै सवै स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा अधिवक्ता काँशीराज दाहालले संघीय शासकको स्वरुप, अभ्यास, अवसर र चुनौतीको बारेमा र अधिवक्ता तथा संविधानसभा सदस्य रामबहादुर थापा मगरले संघीयताको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८