कात्तिक ३०, बुटवल : रुपन्देही–प्रदेश नम्बर पाँचलाई ध्वनी प्रदुषणमुक्त बनाउन ‘नो हर्न’ लागू गरिने भएको छ ।
ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर ‘नो हर्न’ अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि भोलि मंसिर १ गतेदेखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ ।
सवारी चाप बढेसँगै प्रदेशका मुख्य शहर र चोकमा ध्वनी प्रदुषण बढेसँगै प्रहरीले यस्तो अभियान चलाउन लगेको हो ।
अभियानअन्तर्गत मङिंसर १ गतेदेखि बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो।
बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । दाङको तुल्सीपुरलाई यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि व्यावहारिक कार्यान्वयन भएको थिएन। मंसिरको पहिलो साताभर प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र