बेत्रावती, कार्तिक २५ : नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए ।
बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको थियो । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ ।
बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ । रासस
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने