कात्तिक २२, काठमाडौं । नेपाल प्रहरीले तिहारका लागि राजधानीमा भित्र्यार्इएका १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा नष्ट गरिएकाे हाे । टेकुस्थित महानगरीय प्रहरी परिसरमा ति पटाका नष्ट गरिएको छ। परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको बताए । परिसरले पटाका बिक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही पनि सुरु गरेको छ ।

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको बताएकाे छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले पटका पड्काउने तथा बिक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन आह्वान गरे ।
नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र