हुम्लामा हिमपात शुरु

हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । 

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र