विद्युतीय गाडी मात्र नभई अब तीन वर्षभित्र चुलाचुलामा बिजुलीको तार पुग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, बन मन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी अधिकारीहरू मंगलबार ललितपुरको पुलचोकस्थित साझा यातायातको कार्यालयदेखि सिंहदरवारसम्म ‘बिजुली बस’ अर्थात विद्युतीय सवारीमा गएका हुन्।

साझा यातायातले आयोजना गरेको बिजुली बस शुभारम्भ कार्यक्रम सकेर उनीहरू सिंहदरबार गएका हुन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकापर्ण समेत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो ५ वटा विद्युतीय गाडी ‘गाडी’ मात्र नभई देशको आगामी कार्यदीशा रहेको जिकिर गरे।

‘देशबाट लोडसेडिङ अन्त्य भइसक्यो, अबको केही वर्षमा जलविद्युतलाई प्रोत्साहन गरेर इन्धनको आयात घटाउँछौ’, उनले भने, ‘यसो गर्नाले देशको आर्थिक भार कम हुनुको साथै जनस्वास्थ्यलाई पनि फाइदा पुग्छ।’

नेपाल विद्युत प्राधिकरणले २० ठाँउमा चार्जिङ स्टेसन राखेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०२० सम्म कुल सवारीसाधनको २० प्रतिशत  विद्युतीय हुने दाबी गरे।

‘आज काठमाडौंमा सुरू भएको विजुली बसहरू आउँदा दिनमा माछाले भन्दा बढी फूल पार्छ र विद्युतीय सवारीको ट्रेण्ड अगाडि बढ्छ, देशका अरू शहरलाई पनि यसले आर्कसित गर्छ,’ उनले भने।

नेपालमा पेट्रोल नभएको तर, विद्युतको सम्भावना प्रसस्त भएकाले डिजेल, पेट्रोल गाडीलाई हटाउन त्यती गाह्रो नहुने उनको दाबी छ।

‘हाम्रो देशमा मोटर फ्याक्ट्री छैन, किन्नैपर्ने हो। किन्नै परेपछि विद्युतीय गाडी नै किनौं,’ उनले अगाडि थपे, ‘यदी फ्याक्ट्री नै बनाउने र स्थापना नै गर्ने हो भने पनि  विद्युतीय नै स्थापना गरौ।’

प्रधानमन्त्रीले अबको ३ वर्षमा घरघरमा ग्यासको पाइपभन्दा पनि बिजुलीको तार पुर्‍याउने बताए।

‘मैले अघिल्लो कार्यकालमा घरघरमा ग्यासको पाइप पुर्‍याइदिन्छु भनेको थिएँ। अब हाम्रो जीवनमा प्रयोग हुने अन्य कुरा पनि विद्युतीय हुनेछन्। अबको ३ वर्ष भित्र हामी ग्यासको पाइप होइन बिजुलीको तार चुलाचुलामा पुर्‍याउँछौ,’ प्रधानमन्त्रीले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना