मन्त्री केशव स्थापितमाथि यौन हिंसाको आरोप

प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । करिब १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि यौन हिंसा गरेको ती पीडित महिलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन् । 

 

पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना शेयर गरेकी छन् । उनले भनेकी छन्, ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनु पर्यो, उनी यौनहिंस्रक हुन् ।’ 

Screen-Shot-2018-10-21-at-2_55_44-PM

रश्मीलाले मन्त्री स्थापितले अँझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकी छन् । उनले दर्जनौ महिलाले स्थापितका कर्तुतबारे आफूलाई बताएकोसमेत सामाजिक सञ्जालमा शेयर गरेकी छन् । 

रश्मीलाका अनुसार त्यति बेला मेयर स्थापितले प्रमोसन दिन्छु शनिबार मसँग रिसोर्टमा जानुपर्छ भनेका थिए । उनले बारम्बार रश्मिलालाई शनिबार मिर्टिग गर्ने र त्यो पनि रिसोर्टमा भन्दै आएका थिए ।

एक दिन उनले गाडी नै पठाएर बोलाएकोसमेत रश्मिलाले जनाएकी छन् । 

आफूले तत्कालीन मेयर स्थापितको कुरा नमान्दा जागिरसमेत गुमाएको बताएकी छन् । स्थापित दोस्रो पटक मेयर बनेपछि विनाकारण आफूलाई जागिरबाट निकालिएकोसमेत बताएकी छन् । 

रश्मीलाले यो घटनाका बारेमा विभिन्न वेबसाईटमा समेत उल्लेख गरिसकेकी छन् । रश्मीला हाल एक गैरसरकारी संस्था स्थापना गरेर महिला हिंसाविरुद्ध अभियान चलाइरहेकी छन् । 

रश्मिलालाले मी टू अभियानअनुसार यो यौनहिंसाको घटना सार्वजनिक गरेकी हुन् । मी टू अभियान हलिउडबाट गत वर्ष नै शुरु भए पनि हालका दिनमा भारतमा यसले भूकम्प नै ल्याएको छ । मी टू अभियानकै कारण बलिउडका हस्तीहरु उदांगिएका छन् भने भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुपरेको छ । 

आफ्नो जीवनमा भएका यौनहिंसाका घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने अभियानलाई मी टू अभियान नाम दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना